बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जवाहरलाल नेहरु जस्तै बन्ने विजय गच्छदारको सपना

मंगलबार, पुष ४ २०७४

काठमाडौं पुस, ४–
सुनसरीबाट लगातार निर्वाचन जितिरहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले   आफू भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु जस्तै बन्ने बताएका छन्  । नेता गच्छदारले आफू पनि नेहरु जस्तै बन्ने सपना देखेको जानकारी गराए । गच्छदारले  हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हाँसिल गरेका थिए ।  गच्छदारले आफुलाई नेहरु र राम मनोहर लोहियासँग तुलना समेत  गरे ।

भारतको पार्लिमेन्ट्री हिस्ट्रीमा जवाहरलाल नेहरु र राम मनोहर लोहियाले जस्तै आफुले पनि लागतार चुनाव जितेको भन्दै उनले नेपाली राजीतिमा आफूले बनाएको छबि ५० वर्षसम्म कुनै थारुले गर्न नसक्ने  दाबी समेत गरे ।