बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाँचथरमा बम भेटिएपछि जनमानसमा सन्त्रास, विप्लव समूहले बम राखेको स्वीकार्यो

बुधबार, कार्तिक २२ २०७४

पाँचथर कात्तिक, २२–
पाँचथरको फिदिममा भेटिएको बम नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले निष्कृय पारेको छ । बुधबार बिहान  फिदिम नगरपालिका–२ को पल्लोटार जाने बाटोमा बम भेटिएको थियो ।  बुधवार विहान ५ः४५ बजे पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घर) नेर भेटिएको बम  भेटिएपछि  स्थानीयवासीले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निश्क्रिय पारेका हो । नेपाल कम्युनिष्ट पार्टी  (विप्लव) समुहले बम आफूले राखेको स्वीकार गरेको छ ।  नेकपाका पाँचथर इञ्चार्ज सौगातले सो बम आफुहरुले राखेको स्वीकार गरेका हुन् । निर्वाचन आउन करिब १८ दिन मात्र बाँकि रहेका बेला बम भेटिएपछि जनमानसमा सन्त्रास फैलिएको छ ।