बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाँच वर्षका लागि जेलमा कोचिए सामसुङका उपाध्यक्ष

शुक्रबार, भाद्र ९ २०७४

एजेन्सी भदौ, ९–
 दक्षिण कोरियाको एउटा अदालतले प्रविधि संसार‍को विशाल कम्पनी सामसुङका उपाध्यक्ष जे यङ लीलाई पाँच वर्षको जेल सजायको फैसला सुनाएको छ । लीले घुस खुवाएको ठहर गर्दै उनलाई जेल सजाय सुनाएको वीवीसीले जनाएको छ ।
दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको अदालतले ठहर गरेको छ ।
सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप थियो । दक्षिण कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार लीले ५० लाख डलर अनियमितता गरेको अदालतले ठहर गरेको छ।
सामसुङका अरु दुईजना कार्यकारीलाई अदालतले चार÷चार वर्षको जेल सजाय सुनाएको छ । उक्त घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइयो । वीवीसी