काठमाडौं साउन, १०–
वैदेशिक रोजगारीको निहुमा भारतको बाटो हुद तेस्रो मुलुक लैजान लागेका २४ महिलालाई विभिन्न नाकाबाट उद्धार गरीएको छ । भारतसँग खुला सिमाना भएको बर्दियाका विभिन्न नाकाबाट उनीहरुलाई उद्धार गरी घर फर्काइएको हो । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय संघसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार ‘बर्दियाका चारवटा सीमा नाकालाई चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ । दलालहरुले भारतसँगको खुला सीमाना भएको कारण सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने तथा सुरक्षाकर्मी राखिएका मार्गहरु प्रयोग नगर्ने प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ । दलालले चेलीबेटी भारत पु¥याउन बर्दियाकै मानिस प्रयोग गर्ने गरेका तथा विश्वासै गर्न नसक्ने मानिसले विभिन्न बहानामा चेलीबेटी भारत पु¥याउने गरेको देखिएको उनले बताए ।
विगत छ महिनाको अवधिमा बर्दियाका संवेदनशील मानिएका नाकाबाट मात्र २४ युवतीलाई उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्लामा महिला तथा चेलीबेटी ओसारपसार, बेचबिखनविरुद्ध काम गर्दै आएका संस्थाका अध्ययन अनुसार जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा लगागतका सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्र मानिएको उल्लेख छ ।