बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा गिरावट जारी

बिहिबार, साउन ५ २०७४

 
 
काठमाडौ साउन ५
साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से घटेको छ । आज बिहिबार नेप्से एक दसमलव ५२ अंकले घटेर १६ सय ३५ दसमलव ७५ अंकमा पुुगेको छ भने नेप्से सेन्सिटिभ शुन्य दसमलव दुुई अंकले घटेर तीन सय ४७ दसमलव ४५ अंकमा पुुगेको छ । कुुल एक एक सय ५५ कम्पनीहरुको आठ हजार सात सय २७ वटा कारोवारमा १७ लाख ७५ हजार नौ सय ८९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९६ करोड सात लाख ३८ हजार चार सय छ रुपैयाँ पुुगेको छ । 
आज आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहले कमाएकाछन भने बाँकी समुहले गुुमाएकाछन । बीमा समुहको सुचक ७७ दसमलव चार अंकले बढेर आठ हजार नौ सय ९३ दसमलव ११ अंकमा पुुगेकोमा ३८ करोड ९५  लाख ४६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक ११ दसमलव ३१ अंकले बढेर १९ सय ४२ दसमलव ७७ अंकमा पुुगेकोमा दुुई करोड ४० लाख १२ हजार पाँच चार सय रुपैयाँको सेयर किनबेच भएको छ । उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैक समुहको सुचक भने आज पाँच दसमलव ४४ अंकले घटेर १४ सय ६२ दसमलव नौ अंकमा पुुगेकोमा २४ करोड छ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
यसैगरी होटल बिकस बैक र जलबिद्युुत समुहको सुचकमा पनि आज गिरावट आएको छ । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य 
१ हाम्रो बिकास बैंक २६३ ८.२३
२ आरएसडिसी लघुबित्त संस्था ३१४० ४.६७
३ सिर्नर्जी फाईनान्स १६२ ४.५२
४ लाईफ इन्स्योरेन्स कर्पोरेसन २३७८ ३.९८
५ गुराँस लाईफ इन्स्योरेन्स ११३० ३.८५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य 
१ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी २५४ ६.६१
२ गुडविल फाईनान्स २०५ ४.६५
३ साईन रेसुंगा डेभलपमेन्ट बैंक ४२२ ३.६५
४ नेपाल इन्भेष्टमेन्ट बैक (संस्थापक) ६७५ ३.५७
५ नेपाल कम्युनिटी डे. बैंक ३२६ ३.५५