मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पुन १५ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौँ – भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति फागुन १६ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । भोलि बिक्री हुने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र १४ गते, २०८० जेठ १६ गते र २०८० फागुन १५ गते तोकिएको । यसरी बिक्री गरिने ट्रेजरीहरुमा तीन सय ६४ दिने अवधिको सात अर्बको नयाँ र बाँकी भने पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।