बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बुधबार, फाल्गुन १० २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटरमा भेटवार्ता भएको छ । 

भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर, सत्तागठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।

नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।