काठमाडौं । चिनियाँ राजदुत छन् सोङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सोङ बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजदुत सोङबीच छलफल जारी छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रपति निर्वाचनमा चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो देखिएका छन्।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। धेरैले क्वात्रा राष्ट्रपति निर्वाचनका लागि भारतीय संस्थापन पक्षको सन्देश लिएर आएको विश्लेषण गरेका छन्।
अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टारिया नुल्यान्ड, राष्ट्रिय सुरक्षापरिषद्मा रहेकी मन्त्रीस्तरकै यूएसएडकी प्रशासक समान्था पावर, दक्षिण तथा मध्यएसियाली मामिला हर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरलगायतका नेपाल आएका छन्।