बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

बिहिबार, फाल्गुन ४ २०७९

काठमाडौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ । 

हिजो राति ग्यास सिलिण्डर लिक भएर जलेर घाइते कीर्तिपुर अस्पतालमा उपचारको उनको  क्रममा आज बिहान निधन भएको हो । बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । 

‘आमाको बिहीबार बिहान निधन भयो’, अस्पताल स्रोतले भन्यो । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । 

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान कीर्तिपुर अस्पतालका  चिकित्सकहरुले सिफारिस गरेका हुन् ।