बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

मंगलबार, माघ २४ २०७९

काठमाडौं – नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–८ उनवचस्थित सडकमा साइकलबाट लडेर बर्दघाट नगरपालिका–१५ बेलडाँडा बस्ने ४९ वर्षीय आश बहादुर गुरुङको सोमबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको थाक्रे गाउँपालिका–६ महादेववेशीस्थित सडकमा पार्किङ गरी राखेको बा.४ ख २६५४ नम्बरको टिपरमा बागमती प्रदेश २–०२५ प ५१११ नम्बरको स्कुटर ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ सुन्दरटोल बस्ने १५ वर्षीय संगम लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धार्केस्थित शाही बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ 

मोरङको सुन्दरहरैचा नगरपालिका–३ कोचनीस्थित सडकमा प्रदेश १–०२–०४६ प २०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय रबिन पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्य न्यूरो अस्पताल विराटनगरमा  उपचारको क्रममा मृत्यु भएको हो । धनुषा,जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीस्थित सडकमा ज.७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक मुखियापट्टी गाउँपालिका तुलसियाही बस्ने ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुनसरको देवानगंज गाउँपालिका–६ स्थित सडकमा को.२ त ६२३८ नम्बरको ट्याक्टर मंगलबार बिहान दुर्घटनाहुँदा चालक बर्जु गाउँपालिका–५ बस्ने ४० वर्षीय प्रमोद पंडितको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।