बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधान सेनापतिले गरे सामूहिक तालिमको निरीक्षण

मंगलबार, माघ २४ २०७९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गरेका छन् ।

हाल नेपाली सेनाका विभिन्न युनिटहरू आआफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिमको क्रममा छन् ।

निरीक्षणको दौरान प्रधान सेनापति शर्माले तालिमका विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गरेका थिए ।