बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार, माघ २० २०७९

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईमा भने हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी  प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् । 

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान गरिएको छ ।