काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना क्यानेडियन नागरिक पक्राउ परेका छन् ।
गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
उनलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।
फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो ।
प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।