बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

बुधबार, माघ १८ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक बिहीबार बस्ने गरी सारेको हो ।

आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ ।