बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बुधबार, पुष २० २०७९

काठमाडौँ – पर्साको वीरगंज महानगरपालिका–१६ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध नुफिन ९२ एम्पुल, डाइजेपाम इन्जेक्सन ९२ एम्पुल, हाइड्रोक्लोराइड ईन्जेक्सन ९२ थान सहित लम्जुङ सुन्दर बजार नगरपालिका–८ कुसुण्डे बस्ने २२ वर्षीय अनिल सापकोटालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँ बस्ने २१ वर्षीय मदन शाहीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६६ ट्याबलेट, ट्रामाडोल ३५ ट्याबलेट र क्यारिसपास ३० ट्याबलेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित  गैरीखाली बजारमा हिँडी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।