आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अध्यादेशप्रति योगेशको टिप्पणी : गठबन्धन रहुन्जेल यो त कास्टीङ मात्र हो,  पूरा सिरिज आउन बाँकी नै छ !

सोमबार, मंसिर २६ २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकार रहुन्जेल देशमा राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण हुने बताएका छन् ।

गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा लेखेर विरोध जनाएका हुन् ।

टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउन लागेकाे निर्णयप्रति एमाले सचिव भट्टराईले विरोध जनाउँदै लेखेका छन् –

‘रेशमको नाम 
अफ्ताबको काम 
राजनीतिमा अपराधीकरण 
अपराधको राजनीतिकरण 
देश भांडमा जाओस कि 
ब्यबस्था बदनाम होस के मत्लब 
गठबन्धन रहुन्जेल 
यो त कास्टीङ मात्र हो 
पुरा सिरिज त आउन बाँकी नै छ !’

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।