आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

आइतबार, मंसिर २५ २०७९

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।