काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक नामावलीमाथि आजैबाट छानबिन सुरु गरेको छ ।
साथै आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ।
समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।
दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। उक्त नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ।