काठमाडौं । आजका लागि तय भएको नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने बताइएको थियो । आन्तरिक तयारीका लागि आजका लागि तय भएको बैठक स्थगित भएको अनुमान गरिएको छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक सांसदको नाम पठाउन भनेको छ ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीट गरी कुल ७८ सीट प्राप्त गरेको छ ।