आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । डा चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहेको जनमत पार्टीले गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । यसअघि चुनाव जिते लगतै यसका अध्यक्ष राउतले सरकारमा सहभागी हुन विभिन्न पार्टीका शीर्ष नेतादेखि अन्य पदाधिकारीसँग भेटघाट गरेका थिए ।

उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा आफ्नो पार्टी सरकारमा सहभागी हुने बताइसकेका थिए ।

एक सिट प्रत्यक्षमा जितकेो जनमत पार्टीले ४ जना समानुपातिकसहित ५ सिट पाएको छ ।