आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बस्दै

शुक्रबार, मंसिर २३ २०७९

काठमाडौं । आज नेकपा एमालेको  सचिवालय बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ ।

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । 

एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।