आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रचण्डलाई प्रधामन्त्री बनाउने दलसँग नै गठबन्धन हुन्छ – मुख्यमन्त्री केसी

बिहिबार, मंसिर २२ २०७९

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलसँग गठबन्धन र सहकार्य हुने बताएका छन् ।

माओवादी केन्द्र  का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुने पर्ने बताएका हुन् ।

माओवादीका प्रभावशाली नेता कुलप्रसाद केसीले ‘सोनाम’ ले आज सञ्चारकर्मीहरुँग गदै यस्तो विचार व्यक्त गरेका हुन् । उनले निर्वाचन अगाडिको सहकार्य नेपाली कांग्रेससँग भएपनि उसमा  इन्मारदारिता नभएकाले अब नयाँ शिराबाट कार्य थालनी गर्नुपर्ने बताए । उनले नेपाल माओवादी केन्द्रका अध्यक्ष नै यो देशको प्रधानमन्त्री हुनु पर्नेमा जोड दिए ।

 प्रधानमन्त्री देउवालाई भर्खर र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओली पनि माओवादी केन्द्रको समर्थनमा बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको उनले बताए । उनले भने, परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्डलाई अघि सारेर अघि बढ्नु पर्दछ, जसले प्रचण्डलाई प्रधामन्त्री स्वीकार्छ उसै दलसँग हाम्रो सहकार्य पनि हुन्छ ।’

सत्ता समिकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने उनको भनाइ थियो ।  संघ सरकारमा प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरुसँग नै लुम्बिनीमा पनि सरकारको निर्माण हुने उनले बताए । 
प्रधानमन्त्री को र कुन दलको बन्ने भन्ने जिज्ञासा भइरहेको बेला लुम्बिनीका मुख्यमन्त्रीको यो भनाईलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।