आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्से घटेपनि कारोबार रकम बढ्यो

बुधबार, मंसिर २१ २०७९

१६ अंकले घट्दा एक अर्ब ६५ करोड रुपैंयाँको सेयर कारोबार 

काठमाडौं- साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । नेप्से आज १६ दशमलव ६१ अंकले घटेर १९ सय १७ दशमलव २८ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव ४४ अंकले घटेर तीन सय ७३ दशमलव ६४ अंकमा पुगेको छ  । दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० रुपैंयाँ पुगेको छ । अघिल्लो दिन यस्तो कारोबार रकम ९६ करोड रुपैंयाँ रहेको थियो । 

नेप्सेमा आज १३ वटा समुहहरुको हुंदा होटल तथा पर्यटन समुहको सुचक बढेको छ भने बाँकी १२ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ४२ अंकले घटेर १३ सय ३७ दशमलव ९३ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ३३४ अंकले घटेर १९ सय ८४ दशमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८३ दशमलव ६४ अंकले घटेर नौं हजार दुई सय ११ दशमलव ३१ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ३६ दशमलव ६० अंकले घटेर सात हजार पाँच सय ५१ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् । 
नेप्सेमा आज सबै भन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खप्तड लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नाडेप लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंकको संस्थापक सेयर परेको छ ।