काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् ।
गौतमले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पठाएको पत्र मार्फत १ फागुन २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी लेखेको पत्र निष्प्रभावी भएको जानकारी दिएका हुन् ।
समाचार स्रोतका अनुसार प्रधानन्यायाधीशको हैसियतमा उनी अहिले ३ बजे सर्वोच्च अदालत जाने तयारीमा छन्।
चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनी मंसिर २८ गते देखि सेवानिवृत्त हुनेछन् ।