आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैतडीमा जिप दुर्घटना : चालकसहित ४ जना घाइते, दुईको अवस्था गम्भीर

बुधबार, मंसिर २१ २०७९

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया  काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएको छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया-६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो ।

जिप आफै अनियन्त्रीत भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरी जनाएको छ ।