आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित

मंगलबार, मंसिर २० २०७९

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना मंगलबार सकिने भएको छ ।

आज बिहानसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा एमाले अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९६ हजार ९० मत पाएको छ ।

पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । थ्रेसहोल्ड कटाउने गरि यी क्षेत्रमा एकीकृत समाजवादीलाई मत नआउने अनुमान गरिएको छ ।

यो मतसँगै एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ । राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्रत्यक्षतर्फ सत्ता गठबन्धनको सहारामा १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना लगभग सकिएको देखिन्छ ।

प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।