आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै

सोमबार, मंसिर १९ २०७९

काठमाडौं । चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज  बस्दै छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।