आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, मंसिर १८ २०७९

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका–५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।