आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । 

लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।

सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।