आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बाजुराबाट कांग्रेसका पाण्डे निर्वाचित, एमाले थापा पराजित

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् ।

पाण्डे आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।

८३हजार ५सय ६७ मतदाता रहेको बाजुरामा ६० हजार एक सय५२मत खसेको थियो । यहाँबाट प्रदेश सभा १ मा एमालेका बलदेब रेग्मीलाई हराउँदै एकीकृत समाजवादीका नरेश कुमार शाही र २ मा एमालेका लालबहादुर थापालाई हराउँदै कांग्रेसका पदम बहादुर शाही निर्वाचित भइसकेका छन् ।