आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एमाले नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रेबाट निर्वाचित सांसद गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।

नवनिर्वाचित बाँस्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।  

यसअघि बाँस्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।