आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज यी प्रदेशमा आंशिक बदलीको सम्भावना

आइतबार, मंसिर १८ २०७९

काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आँकलन गरिएको छ ।

सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक(दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।