आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सरकारमा जान सिके राउतको दौडधुप

शुक्रबार, मंसिर १६ २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र दिएका छन् ।

राउतले एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राउत र देउवाबीच भेटवार्ता भएको थियो ।

देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकारात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए । 

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रुपमा रहेको छ ।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो । निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

यसैगरी राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यसैगरि राउतले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।