काठमाडौं- रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५६ ए १५९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक भारत घर भएका ६३ वर्षीय हरजद अली मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको वीरगंज महानगरपालिका–२५ चण्डाल चोकमा ना.३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका–२४ बहुअरी बस्ने ७० वर्षीय रुपा राउत कुर्मीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।