आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फिफा विश्वकप: आज ४ खेल हुँदै

बिहिबार, मंसिर १५ २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । 

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिष्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुनेछन् । यो खेलहरुबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि शुरु हुनेछ । यस खेलहरुबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।