आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : महासचिव पोखरेल

बिहिबार, मंसिर १५ २०७९

काठमाडौं ।  एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् ।

महासचितव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘स्याङजा  र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

मंसिर ४ को निर्वाचनमाक स्याङजा  र बाजुरामा सत्तापक्षले धाँधली गरेर बुथसमेत क्याप्चर गरेको भन्दै एमालेले केही केन्द्रमा पुन मतदानको माग गरेको थियो । तर, बुधबार निर्वाचन आयोगले यथास्थितिमै मतगणना अघि बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा मतगणना अघि बढेको छ ।