स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ ।
निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै मतगणना गर्न निर्देशन दिएपछि मतदान भएको १० दिनपछि बुधबार रातिदेखि गणना सुरु भएको हो ।
वालिङ नगरपालिकाको भवनमा भइरहेको मतगणनाको सुरुवाति चरणमा एमाले सचिव पद्माकुमारी अर्यालले अग्रता लिइएकी छन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ सुरुवातमा पछि परेका छन्। पछिल्लो मतपरिणामअनुसार अर्यालले २६४८ मत ल्याउँदा गुरुङले २३७८ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत ल्याएका छन् ।