आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओलीको आरोप : चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाएर निरंकुशता देखाइयो

बुधबार, मंसिर १४ २०७९

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् ।

मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेको आरोप लगाए । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने उनको दाबी छ ।

चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गरे । गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गरे ।

एमालेलाई सरकार गठन हुन नदिन दौडधुप भइरहेको बताए । मतगणना नसकिँदै सरकार बनाउन दौडधुप गरिरहेको उनले बताए ।