मुम्बई । बलिउड अभिनेत्री दिशा पाटनी यतिबेला चर्चामा छिन् । फिटनेश र आफ्नो बोल्ड लुक्सका कारण पाटनीको चर्चा भइरहेको हो ।
उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । आफ्ना प्रशंसकहरूका लागि तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राखिरहने पाटनीले हालै फिटनेससम्बन्धी भिडियो सार्वजनिक गरेकी छिन् ।
उनी बेलाबेला आफ्ना थरिथरिका तस्वीर शेयर गरिरहन्छिन र चर्चामा आउँछिन्। यस्तै हालै सार्वजनिक गरेको भिडियोमा उनले जिममा किक बक्सिङ गरिरहेको देखिन्छ ।
आफूलाई फिट एण्ड फाइन राख्नका लागि दिशा घण्टौंसम्म जिममा पसिना बगाउछिन् । उनको किक बक्सिङ देखेर प्रशंसकहरूले तारिफ गरेका छन् ।
चलचित्र ‘एमएस धोनी’बाट आफ्नो करियर सुरुवात गरे अभिनेत्री पाटनी छोटो समयमै बलिउडमा स्थापित भएकी छिन् ।