आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

मंगलबार, मंसिर १३ २०७९

जनकपुरधाम । धनुषा क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । 
नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा महासेठ विजयी भएका हुन् ।

उनले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाए ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई पराजित गरेका थिए ।
विजयी भएका महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री हुन् ।