काठमाडौँ – नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रुपमा केही नबोलेको भएपनि अनौपचारिक रुपमा कांग्रेसका गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने चर्चा छ । थापालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको अवस्थामा आफूहरु पनि सरकारका जान सकिने बताउने गरेका छन् । अनौपचारिक रुपमा मिडियाकर्मीदेखि उनीहरु निकट नेता, कार्यकर्ता र बुद्धिजीवीसँग पनि यो कुरा बताइरहेका छन् । भिडियो हेर्न यहाँ थिच्नुहोस्
सभापति रवि लामिछानेले यो कुरालाई औपचारिकता दिनका लागि अहिले नयाँ मान्छे आएमा सरकारमा जाने बताउन थालेका छन् । त्यसरी लामिछानेले तर्क गर्नुमा खासमा नियोजित कुरा भएको विश्लेषकहरु बताउछन् । लामिछानेको पार्टीलाई अहिले गगन थापाको छायाँ दलको रुपमा पनि टिप्पणी गर्न थालिएको छ ।
गगन थापाले सत्ता गठबन्धनलाई मात्र होइन, आफ्नै मान्छेलाई समेत छिर्के हानेर स्वतन्त्रको घण्टीमा भोट हाल्न लगाएको आरोप छ । यस्तो उजुरी थापाविरुद्ध बालुवाटारमा पुगिसकेको खबर छ । कतिसम्म भने थापाले काठमाडौं ५ मा प्रदीप पौडेललाई पनि पराजित गराउने खेल खेलेका थिए । स्रोतका अनुसार, यो चाल पाएपछि गगनको कोर टिमले भयंकर काठमाडौं ४ मा थापालाई सहयोग नगर्ने धम्की दिएका थिए । पौडेलको दूतको रुपमा काम गर्नेहरुले थापालाई भेटेर काठमाडौं ५ मा घण्टी भोट बढ्यो र प्रदीप पौडेल हार्ने हो भने हामी पनि चुप नलाग्ने र काठमाडौं ४ मा आफूहरु पनि गगनविरुद्ध सक्रिय हुने धम्की दिएपछि थापाको गतिविधि रोकिएको दावी छ ।
पौडेल पक्षको यो धम्कीपछि थापा पछाडि हटेर प्रदिप पौडेललाई जिताउन ५ नम्बरमा पुगेर मतदातालाई आव्हान गरे । अनि घण्टीक ‘स्लोडाउन’ भएर पछि हट्न पुुगेको बताइन्छ । गगन थापाको क्षेत्रमात्रै लामिछानेको रास्वपाले उम्मेदवारी फिर्ता लिएर थापालाई सघाउने निर्णयमा पुगेको थियो । यो निर्णयले पनि थापाको भूमिकामाथि शंका उत्पन्न गराएको छ । काठमाडौं ४ मा लामिछानेको उम्मेदवारले फिर्ता लिने अनि चितवन २ मा लामिछानेको पक्षमा थापाका मान्छेले भोट माग्ने स्थिति देखिएको थियो ।
यो परिदृश्यपछि गगन थापाको प्रवृत्तिको कांग्रेसले समीक्षा गर्न‘पर्ने कांग्रेसभित्रै आवाज बलियो बन्न थालेको छ । यो परिस्थितिले गगन थापालाई कमजोर बनाउन प्रयास गर्नेछ । तर, थापाले अर्को स्टन्टबाजी गर्न सक्ने आंकलन पनि कांग्रेसभित्र भइरहेको छ । त्यसो त, अन्तर्घातको यो कुरा पर्दाफास भएपछि थापामाथि थप आरोपहरु लाग्न थालेका छन् । त्यसैले अहिले लामिछानेको घण्टी पार्टीलाई गगन थापाको छायाँ पार्टीको रुपमा टिप्पणी गर्न थालिएको छ । साँघुबाट