सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रत्यक्षतर्फ १५६ क्षेत्रकाे नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

आइतबार, मंसिर ११ २०७९

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुल १ सय ६५ मध्ये १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब ९ वटा क्षेत्रको मतपरिणाम आउन बाँकी छ ।

प्रत्यक्षतर्फ अहिलेसम्म ५३ सिट जितेको कांग्रेस पहिलो स्थानमा छ । एमालेले ४१ सिट जितेर दोस्रो स्थानमा छ । माओवादी केन्द्र १७ सिटमा विजयी भएको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ७(७, जनता समाजवादी पार्टी (जसपा) ले ६, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १(१ सिट जितेका छन् । ५ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना जारी रहेकामध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा कांग्रेसका महेन्द्र यादव, उदयपुर क्षेत्र नम्बर–१ मा कांग्रेसकै डा नारायण खड्का र सुनसरी क्षेत्र नम्बर– ४ मा पनि कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिइरहेको बेला विवाद भई मतगणना स्थगित भएको छ। 

सुनसरी–३ मा एमालेकी भगवती चौधरी र इलाम(१ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । सुनसरी क्षेत्र नम्बर(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी छन्।

दोलखा, स्याङ्जा–२ र बाजुरामा गरी ३ निर्वाचन क्षेत्रको मतगणना सुरु हुन सकेको छैन ।