काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले चुनाव हारेर आफूले केही नगुमाएको उल्लेख गर्दै तर, नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
‘नेपाललाई सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुखी छु,’ थापाले लेखेका छन्।
उनी लेख्छन्, ‘मैले हेटौंडालाई राजधानी त बनाएँ। तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’
