काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक पुगेका छन् । उनी शुक्रबार दिउँसो हाल चोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा गएका हुन ।
राजदूतले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालसँग भेटवार्ता गरेको स्रोतको भनाइ छ । थम्पसन र अर्यालबीच दुईपक्षीय चासो र सहयोग आदानप्रदानमा छलफल भएको बुझिएको छ ।