काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुलप्रसदा बाँस्कोटाको जित निश्चित भएको छ ।
गणना नसकिँदै एमाले उम्मेदवार बाँस्कोटाको जित निश्चित भएको हो ।
जारी मत गणनामा बाँस्कोटाले ४३ हजार ६८१ मत ल्याएका छन् भने कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७ हजार ९६३ मत पाएका छन् ।
गणना हुन बाँकी मत ५००९ छ । बाँस्कोटा र कांग्रेसका हुमागाईँबीच ५७१८ मतान्तर छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९४७८ मतका साथ तेस्रो स्थानमा छन्
काभ्रेपलाञ्चोक- १ प्रतिनिधि सभा सदस्यमा पनि एमाले अगाडी छ ।
एमालेका रेशमबहादुर लामा १६९९६ मतका साथ अग्रता लिइरहेका छन् ।
माओवादी केन्द्रका सूर्यमान तामाङले उनलाई १४५७७ मतका साथ पच्छ्याई रहेका छन् ।
तेस्रो स्थानमा रास्वपाका बासुनारायण श्रेष्ठले ५१९६ मत ल्याएका छन् ।