बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कञ्चनपुर १ मा विना मगरलाई हराउँदै एमाले नेता तारा लामा विजयी

शुक्रबार, मंसिर ९ २०७९

धनगढी । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।