काठमाडौँ – चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।
ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए ।
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।