सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी बनेका छन् ।
उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे ।
एमालेका केन्द्रीय सदस्य राईले १९ हजार ३२४ मतका साथ तीन पटक मन्त्री भइसकेका गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका केसीलाई पराजित गरे ।
केसीले १६ हजार ५४५ मत ल्याए ।