झापा । झापा ५ प्रतिनिधि सभा सदस्यमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार २२ हजार २०७ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले ११ हजार २८ मतका साथ अग्रता लिइरहेका छन् ।
उनलाई गठबन्धनबाट उम्मेवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मतका साथ पच्छयाइँरहेका छन् । उनीहरुको मतान्तर ४ हजार ५१२ को छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले १ हजार ९०५ मत ल्याउँदा भिम राजवंशीले ९१३ मत ल्याएका छन् ।