काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।
आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि उनले बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको बताए ।
विहानीको सूर्योदयसंगै विकास र समृध्दिका लागि वलियो राष्ट्रिय शक्ति निर्माण गर्न मतदान गरेको उनले बताए ।